00:00
04:46
There is currently no information available for this song.
नौ-नौ महिना कोखमा राखी
तिम्ले भित्र्यायौ मलाई यो संसारमा बोकी
जति कठिन परिस्थिति आए पनि
तिम्ले हुन दिएनौ आमा केही पनि
तिम्रो माया र ममता अपार
म सम्झिनेछु जहिले तिम्रो साथ
♪
क्षमा पाऊँ आमा यदि मबाट गल्ती भए
तिम्रो मायाको आभार म आजसम्म बाँचिरहेँ
क्षमा पाऊँ आमा यदि मबाट गल्ती भए
तिम्रो मायाको आभार म आजसम्म बाँचिरहेँ
♪
आफ्नो काँधमा शिर राखी हल्लायौ सुताउन
"रोयो फेरि" भनी बिँउझियौ आधारातमा
हात समाई सिकायौ हिँड्न दौडिन
आज ठूलो भएँ, तर सक्दिन बिर्सन
त्यो माया र ममता अपार
म सम्झिनेछु जहिले तिम्रो साथ
♪
क्षमा पाऊँ आमा यदि मबाट गल्ती भए
तिम्रो मायाको आभार म आजसम्म बाँचिरहेँ
क्षमा पाऊँ आमा यदि मबाट गल्ती भए
तिम्रो मायाको आभार म आजसम्म बाँचिरहेँ
हिजोआज मनमुटाव भए होला
कहिलेकाहीँ मन तिम्रो दुखाएँ होला
♪
क्षमा पाऊँ आमा यदि मबाट गल्ती भए
तिम्रो मायाको आभार म आजसम्म बाँचिरहेँ
क्षमा पाऊँ बुबा यदि मबाट गल्ती भए
तिम्रो मायाको आभार म आजसम्म बाँचिरहेँ
क्षमा पाऊँ आमा यदि मबाट गल्ती भए
क्षमा पाऊँ बुबा यदि मबाट गल्ती भए