00:00
03:47
बिपुल छेत्रीको ‘समय’ गीतले श्रोताहरूलाई गहिरा भावनात्मक अनुभव गराउँछ। यस गीतमा समयको महत्व, त्यसले हाम्रो जीवनमा पार्ने प्रभाव र व्यक्तिगत यात्रा विषयमा भावनात्मक कथन गरिएको छ। बिपुलको मधुर आवाज र सरल, रमणीय संगीतले गीतलाई अझ प्रभावशाली बनाएको छ। ‘समय’ ले नेपाली संगीत प्रेमीहरूबीच सकारात्मक प्रतिक्रिया पाएर ठूलो लोकप्रियता हासिल गरेको छ।
घामको उज्यालो कसले छोप्न सक्छ र? कसले?
परिवर्तनलाई यहाँ कसले रोक्न सक्छ र? कसले?
बदलिने नै हो समय
♪
नौलो सबै आज, पुरानो हुनेछ यहाँ एकदिन
जति नै सुन्दर फूल ओइली जाने नै छ यहाँ एकदिन
बित्ने नै हो समय
♪
अन्धकार तुराउने, अबुझलाई बुझाउने, सिकाउने
सबैलाई यहाँ दिने, सबै लगिजाने पनि, पनि
जित्ने नै हो समय
♪
बदलिने नै हो, बित्ने नै हो, जित्ने नै हो
समय, समय, समय