Mayaloo - Sajjan Raj Vaidya

Mayaloo

Sajjan Raj Vaidya

00:00

04:06

Song Introduction

यस गीतको सम्बन्धमा हालसम्म कुनै सूचना उपलब्ध छैन।

Similar recommendations

Lyric

भन, माया, कता गयो त खै

गरेका कुरा ती सबै मायाको?

म त यतै उभेर बसेछु

यतै नै कुरिरहेछु हिजोजस्तै

खै त तिमी संसारै छोडेर

आकाशको तारा बोकेर आएको?

मेरो आँसु झरेर गइसके

फुटेर धूलो भइसके आशाहरू

तिमी त गयौ छोडी मलाई, बोकेर माया तिम्रो सबै

लिएका कसमहरू सबै बिर्सेर

म त यतै अल्झिरहेँ, तिम्लाई बाटो कुरिरहेँ

शायद आउँछौ तिमी भोलि भनेर, मायालु, -लु

थाहा छ, माया? म पहिलेजस्तै

बिहान उठेर सधैँ तिम्लाई खोज्छु (खोज्छु)

शायद अब तिम्रो आवाज सुन्दिन

तर म कहिल्यै भुल्दिन दिनहरू

जब तिमी संसारै छोडेर

मुटुमा माया बोकेर आएथ्यौ

राती-राती निदाउनै ननिदाई

गीत लेखेर मलाई सुनाउँथ्यौ

तिमी त गयौ छोडी मलाई, बोकेर माया तिम्रो सबै

लिएका कसमहरू सबै बिर्सेर

म त यतै अल्झिरहेँ, तिम्लाई बाटो कुरिरहेँ

शायद आउँछौ तिमी भोलि भनेर, मायालु, -लु

मायालु, -लु

- It's already the end -