Maya Birani - Mahesh Kafle

Maya Birani

Mahesh Kafle

00:00

04:21

Similar recommendations

Lyric

लाउली साडी रेशमको चिटिक्कै

सुनको चुरा ब्या गर्ने बित्तिकै

तिमीसित पिरती लाइँदैन

सुनकै हात्ती दिए नि चाइँदैन

सपनीमा आउँछ्यौ, माया, बस्छ्यौ नि काखैमा

बिपनीमा तिम्रै झल्को झलल आँखैमा

न त मलाई दिनमा भोक न त निन्द्रा राती

मध्यरातमै भाग्छ निन्द्रा चर्कन्छ यो छाती

न ओखती खाएर निको भो

न त झारफुक गरेरै ठीक भो

माया बिरानी (माया बिरानी)

बिस्तारामा तिमीलाई सम्झेर च्याप्छु सिरानी

बिस्तारामा तिमीलाई सम्झेर च्याप्छु सिरानी

बैँसालु रोग झारफुकले छुँदैन

लोभी मनको ओखती हुँदैन

माया बिरानी (माया बिरानी)

बिस्तारामा यो ज्यानलाई सम्झेर च्याप्छौ सिरानी

बिस्तारामा यो ज्यानलाई सम्झेर च्याप्छौ सिरानी

तिम्रै फोटो फेसबुकमा हेरेर टोलाउँछु

फोटो किन बोल्थ्यो, बरै, तैपनि बोलाउँछु

खाना खान भान्छाबाट बोलाउँछिन आमा

तिम्रै हातले पस्किएको देख्छु कल्पनामा

कुटुकुटु मन सधैँ खानी भो

तिम्रै पीरले ज्यान मेरो जानी भो

माया बिरानी (माया बिरानी)

बिस्तारामा तिमीलाई सम्झेर च्याप्छु सिरानी

बिस्तारामा तिमीलाई सम्झेर च्याप्छु सिरानी

चञ्चले मन अब नसम्हाले

मर्ने भयौ बैँसैमा, ए काले

माया बिरानी (माया बिरानी)

बिस्तारामा यो ज्यानलाई सम्झेर च्याप्छौ सिरानी

बिस्तारामा यो ज्यानलाई सम्झेर च्याप्छौ सिरानी

लाउली साडी रेशमको चिटिक्कै

सुनको चुरा ब्या गर्ने बित्तिकै

तिमीसित पिरती लाइँदैन

सुनकै हात्ती दिए नि चाइँदैन

ओठ टोकी मुस्कुराउने पातली गोरीले

मोहनी नै लगाई मलाई लाहुरेकी छोरीले

साथीभाइ खेलाउँछन् काखमा छोराछोरी

मनको कुरो तिम्लाई मैले बुझाउनु कसोरी?

सिन्दूर भरी खाली त्यो सिउँदोमा

लान्छु तिम्लाई आउने यही हिउँदोमा

माया बिरानी (माया बिरानी)

बिस्तारामा तिमीलाई सम्झेर च्याप्छु सिरानी

बिस्तारामा तिमीलाई सम्झेर च्याप्छु सिरानी

ठूलै कुरा गऱ्यौ नि गर्न त

गाह्रै पर्ला यो सिउँदो भर्न त

माया बिरानी (माया बिरानी)

बिस्तारामा यो ज्यानलाई सम्झेर च्याप्छौ सिरानी

बिस्तारामा यो ज्यानलाई सम्झेर च्याप्छौ सिरानी

- It's already the end -