Kalo Keshma Reli Mai - Dinesh Dhakal

Kalo Keshma Reli Mai

Dinesh Dhakal

00:00

04:09

Similar recommendations

Lyric

कालो केशमा, रेलिमै, बाँधेको रिबन

तिम्लाई हेर्दै, रेलिमै, बिताउँला जीवन

कालो केशमा, रेलिमै, बाँधेको रिबन

तिम्लाई हेर्दै, रेलिमै, बिताउँला जीवन

असनैको रातो सारी, चारपाङ्ग्रे गाडी

असनैको रातो सारी, चारपाङ्ग्रे गाडी

किनिदिउँला सुनको चुरा बरु रिनै काडी

आहै, बरु रिनै काडी

गाईलाई गोठ, रेलिमै, घोडालाई तबेला

जाला जोबन, रेलिमै, नगर अबेला

चमेलीको तेल, माया, बम्बई जाने रेल

चमेलीको तेल, माया, बम्बई जाने रेल

कहिले हाँसो, कहिले आँसु, पिरतीको खेल

आहै, पिरतीको खेल

कालो कौवा, रेलिमै, पीपलु हाँगैमा

झ्याइँ पारुँला, रेलिमै, यही मंसिर-माघैमा

पल्टनको तोप-गोला, मरिजाने चोला

पल्टनको तोप-गोला, मरिजाने चोला

आजै लगाऊँ मायापिरिम, भोलि के-के होला

आहै, भोलि के-के होला

काठको ठेकी, रेलिमै, काठैको मदानी

केलाई भाग्छ्यौ, रेलिमै, जोबनै दिँदा नि?

कालो केशमा, रेलिमै, बाँधेको रिबन

तिम्लाई हेर्दै, रेलिमै, बिताउँला जीवन

तिम्लाई हेर्दै, रेलिमै, बिताउँला जीवन

तिम्लाई हेर्दै, रेलिमै, बिताउँला जीवन

- It's already the end -