Upahar - The Elements

Upahar

The Elements

00:00

04:04

Song Introduction

"उपहार" नेपाली ब्यान्ड 'The Elements' द्वारा प्रस्तुत एक लोकप्रिय गीत हो। यस गीतले सामाजिक सन्देशलाई अत्यन्त मनमोहक र संगीतात्मक तरिकाले प्रस्तुत गरेको छ। "उपहार" ले परम्परागत धुनहरूसँग आधुनिक संगीतको समिश्रण गर्दै श्रोताहरूलाई भावनात्मक रूपमा छुने प्रयास गरेको छ। यसले संगीतप्रेमीहरू माझ सकारात्मक प्रतिक्रिया पाएको छ र ब्यान्डको प्रतिभा प्रमाणित गरेको छ। "उपहार" ले श्रोताहरूलाई प्रेरणा र आनन्दित पार्ने उद्देश्य ल्याएको छ।

Similar recommendations

Lyric

सङ्कोचै नमान तिमी

बग्दै म तिमीलाई नै खोज्छु

अन्त्यमा दिन गन्दै बस्ने

पहाडबीचमा हुस्सु खेलाउने

बिहान रूखका फेदमा रमाउने

साँझ जून उदाउँदा

गाढा-गाढा आकाश हेर्ने

तिमी र म, तिमी र म

संयोग नै होला भेटेको

परावर्तन तिम्रै नै देख्छु

सुरुका दिन जिउँदै बिताउने

हरिया फाँटमा पाइला दौडाउने

आकाशका चरासँग बोल्ने

साँझ घाम अस्ताउँदा

गाढा-गाढा आकाश हेर्ने

तिमी र म, तिमी र म

म सके अन्तरिक्ष तरीतरी

म सके उपहार थरीथरी लेराइदिन्थेँ

म सके पृथ्वी नै घुमीफिरी तिमीतिरै

म सके...

म सके अन्तरिक्ष तरीतरी

म सके उपहार थरीथरी लेराइदिन्थेँ

म सके पृथ्वी नै घुमीफिरी तिमीतिरै

म सके...

- It's already the end -