00:00
04:40
"तिमी नै हौ" मन्त्रा द्वारा गाइएको लोकप्रिय नेपाली गीत हो। यस गीतले प्रेम र समर्पणका भावनाहरूलाई सुन्दर तरिकाले प्रस्तुत गरेको छ। मन्त्रा को मधुर स्वर र संगीतले श्रोताहरूलाई भावनात्मक रुपमा छुने काम गरेको छ। भिडियो क्लिपमा नेपालका सुन्दर स्थलहरू देखाइएका छन्, जसले गीतको आकर्षण थपेको छ। यो गीत नेपाली संगीतप्रेमीहरू माझ निकै लोकप्रिय भएको छ र मन्त्रा को कलाकारिताको प्रतिष्ठा बढाएको छ।
जब आउँछु तिम्रो सामु बिर्सन्छु अतीतलाई
संसार त्यही नै हो, प्रिय, मेरो यो मन पनि
तर लाग्छ फेरि किन आज संसार रङ्गीन?
कि आँखाको हो यो सपना, कि हो साँचो यो बिपना?
कि तिमी नै हौ चाहना मेरो, जिउने बहाना मेरो
कि तिमी नै हौ सङ्गीत मेरो, कि तिमी नै हौ?
भनिदेऊ
जब हात तिम्रो समाउँछु बिर्सन्छु रोदनलाई
संसार त्यही नै हो, प्रिय, मेरो नयन पनि
तर भिज्दैन किन आज यो परेली?
कि हो भ्रम माया मेरो, कि हो साँचो भावना?
कि तिमी नै हौ चाहना मेरो, जिउने बहाना मेरो
कि तिमी नै हौ सङ्गीत मेरो, कि तिमी नै हौ?
भनिदेऊ
तिमीलाई नै सुम्पेँ जीवन यो मेरो
तिमीलाई नै ठानेँ जीवनसाथी मेरो, मेरी मायालु
♪
तिमीलाई नै सुम्पेँ जीवन यो मेरो
तिमीलाई नै ठानेँ जीवनसाथी, माया, हा
कि तिमी नै हौ चाहना मेरो, जिउने बहाना मेरो
कि तिमी नै हौ सङ्गीत मेरो, कि तिमी नै हौ?
भनिदेऊ