00:00
03:28
हावा चल्यो यहाँ बेसरी
हल्लियो डाँडापारि बाँसघारी
उडी जाऊँ भने चरी म हैन
बस्न पनि यहाँ मन छैन
पर्खेछु म यहाँ कैलेदेखि
मेरो उठ्ने पालो आउँछ कि भनी
♪
एउटै छ संसार यो, एउटै जीवन मेरो
जिउन मलाई छ अब
बाँच्नलाई नि कति मर्न पर्ने
जानु त जाऊँ कहाँ? भनूँ कसलाई म यहाँ?
बुझ्ने कोही छैन जहाँ
गुनासो मेरो कसलाई सुनाउने?
भीरैभीर यहाँ वरिपरि
आसैआसमा नै जान्छु कि म मरी?
हावा चल्यो यहाँ बेसरी
हल्लियो डाँडापारि बाँसघारी
हावा चल्यो यहाँ बेसरी
हल्लियो डाँडापारि बाँसघारी